नागरिक पोष्ट News


तारकेश्वर नगरपालिकाको प्रशंसीय कदम, कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका नगरवासीलाई प्रतिव्यक्ति ५ हजार भत्ता दिने निर्णय

2.2K

काठमाडौं। तारकेश्वर नगरपालिकाले जनपक्षयइ प्रशंसनीय कदम चालेको छ । नगरपालिकाले कोरोना भाइरसको संक्रमण भएर होम आइसोलेसनमा बसेका नगरवासीलाई प्रतिव्यक्ति ५ हजार भत्ता दिने निर्णय पारित गरेको छ ।  सोमबार बसेको नगर कार्यपालिकाको बैठकले संक्रमितहरुको आधारभूत आवश्यक्ता पूर्ति गर्न राहत स्वरुप ५ हजार रुपैयाँ भत्ता दिने निर्णयका साथै संक्रमित भएकाहरुको परिवारमा मास्क, स्यानीटाइजर लगायत सुरक्षाका सामाग्री समेत पुर्याइदिने निर्णय गरेको छ ।

नगरपालिकाले कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै आफै परीक्षण गराउन एकहजार थान किट किन्ने निर्णय पनि गरेको छ । कोरोना भाइरस संक्रमण बढेसँगै कन्ट्याक्ट ट्रेसिंग गर्दा धेरैजना शंकास्पद बिरामी भेटिने भन्दै नगरले आफै किट व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

News Source :  – तारकेश्वर अनलाइनबाट

नगर कार्यपालिकाले एकहप्ता भित्र वडा नं १ सांग्लामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र एवं वर्थिंग सेन्टरको भवनमा आइसोलेसन बनाउने निर्णय गरेको छ । कम्तिमा ७० शैयादेखि १०० शैयासम्मको आइसोलेसन बनाउनेगरि नगरले काम थाल्ने निर्णय गरेको नगरकार्यपालिका स्रोतले जनाएको छ ।

Must View