नागरिक पोष्ट News


डेढ सय जना कोरोना संक्रमणका गम्भीर विरामी , थप ८ सय १८ जनामा कोरोना पुष्टि

1.7K

काठमाडौं ।  स्वास्थ तथा जनसँख्या मन्त्रालयले आइतबार गराएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका नयाँ संक्रमित ८ सय १८ जना भेटिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको सँख्या ३१ ह्जार ९ सय ३५ जना पुगेको छ । 

प्रवक्ता गौतमका अनुसार सक्रिय करिब १२ हजार संक्रमित मध्ये करिब डेढ सय जना कोरोना संक्रमणका गम्भीर विरामी रहेका छन् ।

मन्त्रालयका प्रवक्ता गौतमले आइतबार गराएको जानकारी अनुसार विभिन्न अस्पालतमा गरी कुल १ सय ३७ जनाको आइसीयुमा उपचार भइरहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको निधन भएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण निधन हुनेको सँख्या १ सय ४९ पुगेको स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी दिएको छ ।

Must View