नागरिक पोष्ट News


No Excuse, स्वास्थ्यकर्मीलाई अबरोध गर्ने जो कोहीलाई ६ महिना जेल हाल्ने प्रमुख जिल्ला अधिकारीको चेतावनी

2K

काठमाडौं– काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले स्वास्थ्यकर्मीलाई अबरोध गर्नेलाई पाता फर्काएर ६ महिना जेल हाल्ने चेतावनी दिनुभएको छ ।

स्वास्थ्यकर्मी राखिएको भन्दै बानेश्वरका स्थानीयले त्यहाँको होस्टेल घेराउ गर्दै सञ्चालकलाई धम्की दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी दाहालले घेराउ गर्ने र धम्की दिनेको पहिचान भइसकेकाले त्यस्ता व्यक्तिलाई खोजीखोजी संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी दिनुभएको हो ।

बानेश्वर घटनामा संम्लग्नलाई कुनै छुट नदिई पक्राउ गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइसकेको  जिल्ला अधिकारी दाहालले  बताए ।

आवतजावत रोकेर संक्रमण फैलन गरिएको निषेधाज्ञा प्रभावकारी भएको भन्दै दाहालले सहयोग गर्न नागरिकलाई अपिल गर्नुभयो ।

Must View