नागरिक पोष्ट News


काठमाडौंको कागेश्वरी मनोहरामा सामूहिक दर खाने महिलामा कोरोना पुष्टि, ३० जना क्लोज कन्ट्याक्टमा

3.3K

 काठमाडौं । कागेश्वरी मनोहरा ७ सयपत्री टोलकी ३० वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । फाइनान्समा काम गर्ने ती महिलाले भदौ ४ गते आफ्नै घरमा धुमधामका साथ तीजको दर खाने कार्यक्रम राखेकी थिइन् ।  कागेश्वरी मनोहरा नगरपालिकाको कन्ट्याक्ट ट्रेसिङ टिमका संयोजक झमप्रसाद आचार्यका अनुसार ती महिलालाई भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो ।  आचार्यका अनुसार उनको क्लोज कन्ट्याक्टमा झण्डै ३० जना रहेका छन् । उनीहरूलाई सोमबार स्वाब संकलनका लागि बोलाइएको छ । कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना संक्रमित ८२ जना, खहरे चोकदेखि वीरेन्द्र चोकसम्म सिल

नगरपालिकाकी उपप्रमुख विन्दु पुडासैनीका अनुसार अहिले कागेश्वरी मनोहरा नगरपालिकामा ८२ जना कोरोना संक्रमित भेटिएको छ, १० जना निको भइसकेका छन् । समुदायस्तरमा कोरोना संक्रमण देखिएको भन्दै नगरपालिकाको वडा नं ९ को केही क्षेत्र सिल गरिएको छ ।  ९ नं वडामा पर्ने खहरे चोकदेखि वीरेन्द्र चोकसम्म सिल गरिएको हो । वडा नं ९ मा मात्रै ४२ जनामा कोरोना देखिएको छ ।

Must View