कोरोनाबाट नेपालमा १४९ जनाको मृत्यु, काठमाडौंमा थप १६६ जनामा कोरोनाको पुष्टि
1.8K
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २६६ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ जना छन् ।
१३७ जना आईसीयूमा छन् भने १० जनाको भेल्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ तथा जनसँख्या मन्त्रालयले आइतबार गराएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका नयाँ संक्रमित ८ सय १८ जना भेटिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको सँख्या ३१ ह्जार ९ सय ३५ जना पुगेको छ ।
मन्त्रालयका प्रवक्ता गौतमले आइतबार गराएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको निधन भएको छ ।
योसँगै नेपालमा कोरोनाका कारण निधन हुनेको सँख्या १ सय ४९ पुगेको स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी दिएको छ ।