कोरोनाबाट ६ वर्षीया बालिकासहित थप ९ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १४६
1.7K
काठमाडौं, नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ वर्षीया बालिका सहित थप ९ जनाको मृत्यु भएको हो ।
प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा सुनसरीका ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुष, पर्साका ६१, ५८ र ४८ वर्षीय पुरुष, बाराका ५८ वर्षीय पुरुष, सिरहाका ६८ वर्षीय पुरुष, मकवानपुरका ५६ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ।