कोरोना कहर: छिमेकीदेखि छिमेकी तर्सिने,काठमाडौंको बानेश्वर घटना डाक्टरर नर्स माथि स्थानीय बर्सिने, कस्तो निकृष्ट दुव्र्यवहार
काठमाडौं । राजधानीको बानेश्वरस्थित मिलनचोकका स्थानीयले डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मी बसेको लर्ड बुद्ध बोइज एण्ड गर्ल होस्टल घेराउ गरेका छन् । शनिवार बिहान उनीहरुले होस्टेल सञ्चालकलाई गाली गलौजसहित स्वास्थ्यकर्मीलाई नराख्न धम्क्याएका हुन् ।
बलभद्र मार्गका टोल विकास समितिका अध्यक्ष सुर्दशन गौतम र सचिव दिनेश खड्काको नेतृत्वमा आएका स्थानीयले कोरोनाको महामारीको समयमा अनुमति बिना किन स्वास्थ्यकर्मीलाई होस्टलमा राखेको भनेर उनीहरुले धम्की दिएको होस्टल सञ्चालक रोहित रानाले बताए ।
रानाले खाली होस्टलमा भदौ ४ गतेदेखि केही स्वास्थ्यकर्मीलाई राखेका थिए । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई सुरक्षित रुपमा राख्नका लागि अस्पतालले उनीसँग आन्तरिक सहमति गरेको थियो ।
सोही अनुसार ४ गतेदेखि ४ जना स्वास्थ्यकर्मी होस्टलमा बस्न थालेका थिए । उनले होस्टलमा बस्न दिएका स्वास्थ्यकर्मीहरु स्वस्थ रहेको र कार्यालयको काम सकेपछि आएर बस्ने उनले सुनाए । रानाले बिहानको घटनापछि आफू निकै नै मानसिक तनावमा रहेको बताएका छन् ।
टोल विकास समितिको अध्यक्ष सुर्दशन गौतम र सचिव दिनेश खड्का हुनुहुँदो रहेछ । उहाँहरुको नेतृत्वमा आएका स्थानीयहरु आएर घर घेर्दै मलाई दुर्यवहार गर्नुभयो । उहाँहरु हुलदंगा गर्ने किसिमले आउनुभयो । तलाई बाहिर निस्कन दिँदैनौँ, तेरो हातखुट्टा भाँच्छु भन्नेसम्मको चेतावनी दिए । दलाल फटाहा सम्म भने । झन्डै डेढ घण्टा उनीहरुले गेटमा बसेर गाली गरिरहे , रोहित रानाले भने ।