नागरिक पोष्ट News


निषेधज्ञामा सुनसान काठमाडौँ उपत्यका, “सिधासादालाई सम्झाएर आउने गरी छाडिएको छ, बढी हुन खोज्नेलाई होल्डिङ सेन्टरमा राखिएको छ,

2.7K

 ‘निषेधको आदेश’ जारी भएको काठमाडौँ उपत्यका  सुनसान छ । मानिसको आवागमन देखिएको छैन भने व्यापारव्यवसाय समेत सञ्चालनमा छैन । तोकिएका र अत्यावश्यक भनिएका सवारी साधनबाहेक अन्य साधनसमेत हिँडेको छैन । सडकका चोकचोकमा ठाउँठाउँमा ट्रापिक र नेपाल प्रहरीको उपस्थिति छ । सञ्चालनमा आएका सवारी साधनको प्रहरीले ठाउँठाउँमा जाँच गरिरहेको देखिन्छ । अनावश्यक रुपमा हिँडेका मानिसलाई होल्डिङ सेन्टरमा राख्ने गरिएको छ ।

यसपालि चैत ११ पछि सञ्चालन भएको बन्दाबन्दीभन्दा कडा गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो । “सिधासादा, जसलाई आदेशबारे थाहा छैन, उनीहरुलाई सम्झाएर अब नआउने गरी छाडिएको छ, अलि बढी हुन खोज्नेलाई धेरै बेर होल्डिङ सेन्टरमा राखिएको छ,

काठमाडौँ उपत्यका खुला नै रहेकाले कोभिड–१९ को सङ्क्रमण बढी भयो । त्यसैले जोखिम रोक्न अत्यावश्यकबाहेकका गतिविधि निषेधको आदेश जारी गरिएको हो । काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर तीनै जिल्लाको संयुक्त बैठकले आगामी एक साताका लागि उक्त आदेश जारी गरेको हो । आदेश उल्लङ्घन गर्नेलाई कानूनअनुसार कारवाही गरिने चेतावनीसमेत दिइएको छ ।

Must View