नागरिक पोष्ट News


पर्यटनको आकर्षक गन्तव्य माछापुच्छ्रे मोडेल ट्रेक

1.8K

छोटो समयमा हिमश्रृङ्खला, प्राकृतिक छटा तथा रमणीय बस्तीको दृश्यावलोकनसहित पदयात्रा गर्न सकिने माछापुच्छ«े मोडेल टे«क पछिल्लो समय नेपालको पर्यटन क्षेत्रको एक आकर्षक गन्तव्य बन्दै गएको पाइएको छ । प्रकृति तथा सांस्कृतिक विविधताले सम्पन्न कास्कीको माछापुच्छ«े गाउँपालिकामा पर्ने यो पदमार्गमा पछिल्ला वर्षमा समूह समूहमा पदयात्री पुग्ने र यहाँको स्थानीय उत्पादन तथा दृश्यावलोकनबाट आनन्द लिनेहरुको सङ्ख्या पनि बढ्दै गएको छ ।

न्यूनतम तीनदेखि बढीमा सात दिनसम्म पदयात्रा गर्न सकिने यो पदमार्गको यात्रा कास्कीका साविकका धिताल, ल्वाङघलेल, धम्पुस, रिभान, लाहाचोक, घाचोक तथा माछापुच्छ«े गाविसका सबै स्थानबाट शुरु गर्न सकिन्छ । सबै स्थानबाट जान सकिने भए पनि अधिकांश पर्यटकले भने माछापुच्छ«े गाउँपालिका वडा नं ९ को कुइबाङ्बाट पदयात्रा शुरु गर्ने गर्दछन् ।

पदयात्रा मार्गको कोरचोङ्बाट फर्किएमा तीन दिनमा पदयात्रा सम्पन्न गरेर पोखरा फर्कन सकिए पनि माछापुच्छे«को दक्षिणी आधार शिविर (एमविसी) र मर्दी हिमालको पूर्वी भाग रहेको तीन शिरसम्म पुगेर फर्कंदा भने एक हप्ता लाग्ने गरेको छ ।

कुइबाङबाट पदयात्रीहरू सैतीघट्ट, इमु, तक्रो, पु्रम्धुङ, कल्था, मेरवाङ खर्क, आलङ्गे झरना, नौढोके, मेश्रम, कोरचोङ हुँदै तीन हजार ६८२ मीटर उचाइमा अवस्थित ‘भ्यु प्वाइन्ट’ पुग्दछन् । त्यहाँबाट एकैपटकमा अन्नपूर्ण साउथ, अन्नपूर्ण तेस्रो, अन्नपूर्ण चौथो, गन्धर्व हिमाल, अन्नपूर्ण प्रथम, बुद्ध हिमाल, मर्दी हिमाललगायत १० वटा हिमालको दृश्यावलोकन एकसाथ गर्न सकिन्छ ।

पदमार्गकै कोरचोङ्बाट बुकेनी हुँदै दुई दिनको यात्रापछि रमणीय ‘तीन शिर’ पुग्न सकिन्छ । सेती, मादी र मोदी नदीको शीर भएकाले यसलाई ‘तीन शिर’ भन्ने गरिएको र यहाँ आएर श्राद्ध गरेको खण्डमा पितृले मुक्ति पाउँछन् भन्ने जनविश्वासले यसको धार्मिक महिमा र गरिमा पनि बढाएको स्थानीयहरुको भनाई छ ।

यस क्षेत्रमा पदयात्रा पर्यटनको विकासका लागि सन् २००५ बाटै यसको औपचारिक प्रयास थालिएको हो । ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको अगुवाइमा माछापुच्छ«े मोडेल ट्रेकको अवधारणाका साथ त्यसै समयदेखि प्रवद्र्धनका कामहरु अघि बढेको सङ्घका पूर्वअध्यक्ष वसन्तराज दवाडीले जानकारी दिनुभयो ।

यस मार्गमा पर्नेे आलङ्गे झरना, धार्मिक महत्व बोकेको नौढोके गुफा, भैँसी गोठ भएका रमणीय खर्कहरु, बुट्यान, जङ्गलमा देखिने डाँफे, मुनाल, कालिज लगायतका पन्छीहरुको चिरविरले पर्यटकलाई लोभ्याउने गरेको छ ।

पदयात्रामार्गका अधिकांश अप्ठ्यारो स्थानमा बाटो मर्मत गरेर १२ महिना पैदल हिँडन सकिने बनाइएको छ ।

माछापुच्छ«े आधार शिविर र तीन शिरसम्म पुग्नका लागि माछापुच्छ«े पदयात्रामार्ग चानेहरु बढी छन् । माछापुच्छ«े मोडल ट्रेकको विशेषता नै एक भन्दा बढी स्थानबाट पुग्न सकिने भएकाले समेत पदयात्रीलाई सहज हुने गरेको छ ।

विसं २०५८ मा टानले पदयात्रा मार्गको पहिचान गरी सो क्षेत्रमा पर्ने साविकका सातवटा गाविसमा ‘साइनबोर्ड’ राखेर सो मार्गलाई चिनाउने प्रयास गरेपनि बीचमा त्यसको प्रवद्र्धन तथा पूर्वाधार निर्माणको कार्य अघि बढ्न सकेको थिएन ।

Must View