नागरिक पोष्ट News


तारकेश्वर ९ कतै सिल, कतै प्रवेश निषेध र कतै संक्रमण बढ्दै

1.2K

३ भदौ, काठमाडौं । तारकेश्वर नगरपालिकामा पछिल्लो समय ५० भन्दा बढिमा कोरोना संक्रमित देखिएपछि समुदाय स्तरबाटै जनचेतनामुलक कार्यक्रम सुरु भएको छ । अहिलेसम्म तारकेश्वर वडा नं. ९ मा ६ जनामा कोरोना पुष्टि भइसकेको छ । अहिले २ जनालाई छाउनी अस्पतालको आइसोलेसनमा राखिएको छ ।

२ जना होम क्वारेन्टाइनमा रहेको छ । आज मात्र बासुकी नागमा बस्ने एक जना पुरुषलाई कोरोना पोजेटिभ देखिएको छ । उनी एनआइसी एशीया बैंकमा काम गर्दै आएका थिए । उनी अहिले होम आइसोलेसनमै रहेको बुझिएको छ । अहिलेसम्म बासुकीनाग टोलमा मात्र ५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

आजै तारकेश्वर ९ को ठूलो इनारमा १ जनामा कोरोना पोजेटिभ देखिएको छ । भारतीय आर्मीमा काम गर्ने पुरुष केही दिनअघि नेपाल आएका थिए । १४ दिनको क्वारेन्टाइनमा बसेर पिसिआर परिक्षण गर्दा नेगेटिभ आएपछि उनि काठमाडौं आएका थिए । काठमाडौं आएको १०–१५ दिन पछि हिजो टेकुमा गएर पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि आजै वडा नं. ९ कार्यालयको समन्वयमा टेकुबाट एम्वुलेन्स बोलाई निजआई टेकु अस्पतालको आइसोलेसनमा लगिएको छ ।

त्यस्तै तारकेश्वर ९ को नवीन नगरमा आजैदेखि लागु हुने गरी टोल प्रवेश गर्ने मानिसले अनिवार्य माक्स लगाउनु पर्ने, कोरोना महामारीको बेला कोठा सर्न नपाइने र बाहिरबाट सरेर आउन नपाइने, कबाडी संकलन गर्नेलाई प्रतिबन्ध, भिछा माग्न आउनेलाई रोकावट र खाद्यान्न पसलहरुमा अनावश्यक जम्मा नहुन नवीन नगर उपभोक्ता तथा टोल विकास समितिले अनुरोध गरेको छ । आजै नवीन नगरका ३–४ ठाउँबाट प्रवेश गर्ने गेटहरुमा सूचनामुलक ब्यानर राखेर सचेतना गरेको छ ।

Must View