तारकेश्वर नगरपालिकाले स्वास्थ्य सेवा सहितको आइसोलेसन कक्ष तयारी गदै
1.5K
काठमाण्डौँ ,तारकेश्वर, २ भदौ । तारकेश्वर पत्रकार मञ्चका पत्रकारहरुसगँको छलफलका क्रममा मेयर रामेश्वर बोहोराले अब क्वारेन्टाइनको औचित्य नरहेको भन्दै नगरपालिकाले स्वास्थ्य सेवा सहितको आइसोलेसन कक्ष तयारी गरीरहेको बताएका छन्। साथै मेयर बोहोराले कोभिड नियन्त्रणका लागि नगरपालिकासँग प्रशस्त बजेट भएको र आम नागरिकलाई त्रसित र आतंकित नहुन पनि आग्रह गरेका छन् । नगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्साल आएसँगै लामो समयदेखि रिक्त रहेको सूचना अधिकारीको जिम्मेवारी नगर शिक्षा प्रमुख होमनाथ न्यौपानेलाई तोकेको पनि विशेष स्रोतले जनाएको छ ।