नागरिक पोष्ट News


परम्परागत नेवारी खाजामा चिउराको प्रमुख प्रयोग

2.1K

२९, साउन, काठमाडौं । नेपालीहरुले कहिलेदेखि चिउरा खान थाले भन्ने कुनै अभिलेख पाइन्न । तर परम्परागत नेवारी खाजामा चिउराको प्रयोग प्रमुख रहनुको अर्थ नेपालमा चिउरा खाने प्रचलन ऐतिहासिक रहेको अनुमान गर्न सकिन्छ । देशका अधिकासं क्षेत्रमा अहिले पनि खाजाका रुपमा चिउराको प्रयोग गरिन्छ ।

हामीले चिउरा खाँदा सडेर गन्हाएको, घुन लागेको, धुलो परेको, कोही रातो त कोही कालो एवम् धानको बियाँसहितका तथा चाम्रा चिउरा पटक पटक हामीले झेल्दै आएका छौँ । तर अब भने चिउराका पारखीले यस्तो समस्या झेल्न नपर्ने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपालमा पहिलो पटक नेपालमा खाईने चिउराको गुणस्तर तोकेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खाद्य पदार्थको गुणस्तर निर्धारण सम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै नेपालमा पहिलोपटक परम्परागत खाद्यको गुणस्तर तोक्ने सिलसिलाको पनि सुरुआत भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले बताइन् ।

कस्तो चिउरामा तोकियो गुणस्तर 

चिउरालाई मानवीय खाद्य प्रयोगको वस्तुको रुपमा विभागका खाद्य वैज्ञानिकहरुले परिभाषित गरेका छन् । यसको अंग्रेजी नाम बीटन राईस हो भने नयाँ मापदण्डले ढिकी, ओखल र आधुनिक मिलबाट उतपादन हुने चिउरालाई पनि गुणस्तर मापदण्डमा समावेश गरिएको छ ।

स्वच्छ धानलाई तातो वा चिसो पानीमा आश्यकताअनुसार निश्चित समयसम्म भिजाई पानी निखारेर कुटिएको हुनु पर्ने र यसलाई सामान्य चिउरा भनिने छ ।

यस्तै कराई वा आधुनिक ओभनमा पुनः भुटेर चिउरामा भएको जलाशंको मात्रा घटाई रोष्टेड चिउराको रुपमा भुटेको चिउरा पनि गुणस्तर मापदण्डमा परेको छ ।

चिउराको गुणस्तर परिधिहरु  

नयाँ मापदण्डअनुसार बिक्रि गरिने चिउरा अब सग्लो हुनु पर्ने छ । यस्तै चिउराको रङ्ग र आकार समान हुनु पर्नेछ । चिउरामा फोहोर, दाग, गन्ध एवं ढुसी तथा किराबाट निष्किासित पदार्थ हुनुहुँदैन ।

चिउरामा कुनै पनि बाहृय रङ्ग प्रयोग गर्न पाइनेछैन । यस्तै चिउरामा मोस्चरको मात्र बढीमा १३.० प्रतिशत हुनु मात्रै पर्नेछ । चिउराको सुख्खा तौलको आधारमा  कुल भष्म प्रतिशत (अंश) १.३ प्रतिशत बढीमा हुनु पर्नेछ ।

यस्तै डाइल्युट हाईड्रोक्लोरिक एसिडमा नघुल्ने भष्मको मात्रा बढीमा ०.३ प्रतिशत मात्रै हुनु पर्नेछ भने अल्कोहोलिक अम्लता प्रतिशत बढीमा ०.२ र अजैविक बाहृय पदार्थ तोलको आधारमा बढीमा ०.१ प्रतिशत मात्रै रहनु पर्ने छ । यस्तै जैविक बाहृय पदार्थ तोलका आधारमा ०.५ प्रतिशत मात्रै रहनु पर्ने मापदण्डमा उललेख छ । अजैविक बाह्य पदार्थ भनेको चिउरामा ढुंङ्गा, बालुवा, माटो आदीलाई बुझाउँदछ । यस्तै जैविक बाह्य पदार्थले चिउरा बाहेकका अन्य अखाद्य दानाहरु भुस, चोकर, परालका टुक्रा आदीलाई बुझाउँदछ ।

चिउराको  उत्पादन, प्रशोधन, प्योकजिङ, ह्याण्डपलङ, भण्डारण तथा ढुवानी स्वच्छता सम्बन्धी मापदण्ड कृषि मन्त्रालयले तोकेबमोजिम हुनेछ । चिउरालाई सफा र सुख्खा खाद्य ग्रेडको प्योकजिङ्ग  झोलामा राम्रोसंग शिल प्याक गरी खाद्य नियमावली २०२७ बमोजिम चिउराको ललेवलमा विवरण उललेख गर्नु पर्ने खाद्य पदार्थको गुणस्तर निर्धारण सम्बन्धी आदेशमा उल्लेख छ । onlinekhabar

Must View