नागरिक पोष्ट News


चीनले शुरु गर्‍यो डिजिटल मुद्राको प्रयोग

2.4K

नोटबाट पनि कोरोना भाइरसको फैलावट व्यापक बनेको अनुसन्धानहरूले देखाएपछि कोरोना भाइरस फैलिन शुरु गरेको मुलुक चीनले डिजिटल करेन्सी (अभौतिक मुद्रा)को प्रयोगका विषयमा गुरुयोजना नै तयार गरेको छ । 

शुक्रवार चीनको अर्थमन्त्रालयले जारी गरेको त्यहाँको केन्द्रीय बैंकको डिजिटल करेन्सीबारेको नीतिले चीन चाडै नै नोटको सट्टा विद्युतिय (अभौतिक) मुद्राको प्रचलनमा पुर्णरुपमा जाने देखिएको छ । चीनका ठुला सहरहरू गोनजाओ, हङकङ, मकाउ, बेइजिङ, तियानीन, हवेई, याङसी, लगायतका महानगरमा यसको परीक्षण प्रयोग शुरु भइसकेको छ । 

अहिले सेन्जेन, छेन्दु, सुजौँउ र जियोङ सहरमा यसको परीक्षण प्रयोगलाई अघि बढाइएको छ । त्यहाँको केन्द्रीय बैंक दि पिपुल्स बैंक अफ चाइनाले सेन्ट्रल बैंक डिजिटल करेन्सीले अघि सारेको यो प्रोजेक्टलाई अनुगमन गरिरहेको छ । 

गएको अप्रिल महिनामा परिक्षणका लागि तयार गरिएको डिजिटल करेन्सी त्यहाँका अन्य बैंकहरलेसमेत डिजिटल वालेटका रुपमा प्रयोग गर्ने भएका हुन् । अब संसारले नोटको रुपमा नभई डिजिटल युआन प्रयोग गर्न पाउनेछ । 

राज्य नियन्त्रित चीनको ग्लोबल टेलिभिजन नेटवर्कले जनाए अनुसार सो डिजिटल युआन बैंकबाट पैसा निकाल्न, भुक्तानी गर्न र पैसा स्थानान्तर गर्न समेत सकिने खालको छ । जसलाई प्रयोगकर्ताको मोबाइल नम्बरसँग जोडिएको हुन्छ । रोचक त यो छ की, डिजिटल युआनको प्रयोग गर्न इन्टरनेटकोसमेत आवश्यकता पर्दैन । 

त्यहाँको अर्थमन्त्रालयले कहिलेदेखि यो पुर्णरुपमा लागू हुन्छ भन्ने बताएको छैन । तर, चाडै नै यसको प्रयोगलाई व्यापक बनाइने चीनको केन्द्रीय बैंकले जनाएको छ । 

उता, युरोपमासमेत डिजिटल नोटको अनिवार्यतालाई स्वीकार गर्दै बेलायतको बैंक अफ इग्ल्याण्डले यस्तो मुद्रा प्रयोगको तयारी गरेको छ । त्यसैगरि, कोरोनाले अत्यधिक सताएको इटालीको केन्द्रीय बैंकले पनि डिजिटल करेन्सी प्रयोगका लागि नयाँ गाइडलाइनलाई स्वीकृत गरेको छ । 

Must View