कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु , कहाँ कति संक्रमित भेटिए हेर्नुहोस्
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०४ पुगेको छ ।
४६८ जनामा संक्रमण पुष्टि
२४ घण्टामा ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९८ जना संक्रमित थपिएका छन् ।
उनीहरुमध्ये काठमाडौंमा ८०, ललिपतुरमा ९ र भक्तपुरमा ९ जना छन् ।
कास्कीमा ५ र तनहुँमा १ जनामा कोरोना पुष्टिगण्डकी प्रदेशका दुई जिल्लामा थप ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । संक्रमित हुनेहरु कास्कीका ५ जना र तनहुँका १ जना छन् ।
चितवनमा डाक्टर र नर्ससहित २७ जनामा कोरोना पुष्टिचितवनमा डाक्टर र नर्ससहित एकैदिन २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति अवेरसम्म गरिएको परीक्षणमा चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पर्सा र बारामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टिपर्सा र बारामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १० जना महिला छन् ।
तालिम केन्द्रका थप २२ प्रहरीलाई कोरोना संक्रमणसप्तरी । सदरमुकाम राजविराजस्थित २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
३५ जनाको स्वाब संकलन गरेर गजेन्द्रनारायण सिंह अस्पतालको कोरोना प्रयोगशालामा परीक्षण गर्दा २२ जना पोजेटिभ देखिएका हुन् ।