नागरिक पोष्ट News


जोखिम न्यूनिकरणका लागि अत्यावश्यक बाहेकका पसल व्यवसाय बन्द गर्न अपिल

1.6K

३० साउन, काठमाडौं । तारकेश्वर नगरपालिकमा पछिल्लो समय कोरोना संक्रमित हुनेहरुको संख्या ह्वात्तै बढेपछि नगरालिकाले आज एक सूचना मार्फत् अपिल गरेको छ । तारकेश्वरका धेरै वडाहरुमा अहिले कोरोना संक्रमितको संख्या बढेको छ । विभिन्न स्थानमा कोरोना भाइरस संक्रमित फेला परेसँगै तारकेश्वर नगरपालिकाले उच्च सावधानी अपनाउन नगरवासीलाई अपिल गरेको छ ।

नगरपालिकाले एक सूचना प्रकाशन गर्दै संक्रमण जोखिम न्यूनिकरणका लागि अत्यावश्यक बाहेकका पसल व्यवसाय बन्द गर्नपनि आग्रह गरेको छ । नगरले अत्यावश्यकीय खाद्य सामाग्री, तरकारी, ग्याँस, दुग्धजन्य पसल, पोलिक्लिनिक तथा औषधि पसल बाहेकका व्यवसाय बन्द गर्न अपिल गरेको हो ।

नगरपालिकाका मेयर रामेश्वर बोहोराले जारी गरेको अत्यावश्यक बाहेकका पसल बन्द गर्ने सम्बन्धी सूचना अनुसार नगरक्षेत्रभित्र अनावश्यक रुपमा घरबाहिर हिँडडुल नगर्नपनि आग्रह गरिएको छ ।

 

Must View