नागरिक पोष्ट News


भदौ १५ सम्मलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले निम्न गतिविधीमा निषेधित घोषणा ग¥यो

1.5K

३० साउन, काठमाडौं । काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्नका लागि कडाई गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गराउन भन्दै निश्चित गतिविधिमा निषेध गरेको हो । आजै राति १२ बजेदेखि लागु हुने गरी भदौं १५ सम्मका लागि काठमाडौं जिल्लाभर तोकिएका गतिविधिमा निषेध गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आदेश जारी गरेका छन् ।

‘स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम देहाय बमोजिमका गतिविधिहरु गर्न निषेध गर्ने गरी आदेश गरिएको छ । जारी आदेशमा भनिएको छ ‘प्रस्तुत आदेश विपरीतका कुनै गतिविधि भएमा सोही ऐन बमोजिम कारबाही गरिनेछ।’

निषेधित गतिविधिहरु

– खुल्ला स्थानमा मानिसहरु भेला, जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न । – भीडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव सञ्चालन गर्न । – दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु । – उद्योग व्यापार र व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलापहरु,। – चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरु । – शैक्षिक संस्थाहरु सञ्चालन गर्न । – सबै प्रकारका सभा, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, शैलून, ब्यूटी पार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय, चिडियाखाना सञ्चालन गर्न । – फुटपाथ, खुल्ला ठाउँ र ठेला गाडारसाइकलमा सञ्चालन हुने विभिन्न व्यवसाय, कबाडी संकलन गर्न । – उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक र कामदारको ओसार पसार गर्न । – टेक वे बाहेक होटल ररेष्टुराँ सञ्चालन गर्न।

Must View