पत्रकारसहित ४४ जनाको पिसिआर परिक्षण को लागि स्वाब संकलन -टोखा नगरपालिका
2K
२९ साउन, काठमाडौं । टोखा नगरपालिकाले आज वडा नं. ३ स्थित साइबाबा चोकमा त्यस क्षेत्रमा कन्ट्रयाक ट्रेसिङ गरेर कोरोना संक्रमित व्यक्तिका नजिकका आफन्त र पत्रकारहरुको स्वाब संकलन गरेको छ ।
आज पत्रकार र स्थानीय स्तरमा कोरोना संक्रमीत व्यक्तिसँग नजिक भएकाहरु मध्येबाट ४४ जनाको स्वाब संकलन गरेको छ । तारकेश्वर र टोखाका गरी ५ जना फिल्डमा हिँड्ने पत्रकारको स्वाब संकलन गरिएको छ ।
टोखा नगरपालिकाले यस अघि पनि पत्रकार लगायत फिल्डमा खटिने सामाजिक व्यक्तिहरुको पिसिआर परिक्षण गरिसकेको छ । नगर स्वास्थ्य साखाका प्रमुख रनलाल कुलालका अनुसार आवश्यकता अनुसार फिल्डमा खटिने पत्रकारहरु छुटेका छन् भने उनिहरुको पनि पिसिआर परिक्षण गर्ने बताउनुभएको छ ।