नागरिक पोष्ट News


कोरोनाको जोखिम काठमाडौ उपत्यकामा बढ्यो, एक हप्तामै ७८८ नयाँ कोरोनाका संक्रमित थपिए

2K

ठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमणको दर बढ्दै गएको छ । साउन २२ देखि २८ सम्म एकसाताका अवधिमा मात्रै ७ सय ८८ जना नयाँ संक्रमित थपिएका छन् । सङ्क्रमित बढ्न थालेपछि सरकारले आवश्यक तयारीका साथ उच्च सावधानी अपनाउँदै पुनः कडाइ थालेको छ । गत सोमबारको मन्त्रिपरिषद् बैठकले आगामी भदौ ३१ गतेसम्मका लागि अन्तरराष्ट्रिय सीमा नाकाबाट हुने आवागमन रोकेको छ । 

कुन दिन कति थपिए ? 

साउन २२ बिहिबार  बिहिबार काठमाडौं उपत्यकामा ८७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ७६ जना, भक्तपुरका १ जना र ललितपुरका १० जना गरि ८७ जना नयाँ संक्रमित थपिएका हुन् ।  

साउन २३ शुक्रबार  शुक्रबार काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मात्रै काठमाडौंका ९२ जना, ललितपुरका १० जना र भक्तपुरका ४ जनामा कोरोना संक्रमण देखिएको हो ।  

शनिबार २४ साउन  शनिबार काठमाडौं उपत्यकामा ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मात्रै काठमाडौंका ५४ जना, ललितपुरका ३ जना र भक्तपुरका ३ जनामा कोरोना संक्रमण देखिएको हो ।  

आइतबार २५ साउन  आइतबार काठमाडौं उपत्यकामा ९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ९० जना र ललितपुरका २ जनामा कोरोना संक्रमण देखिएको हो ।  

सोमबार २६ साउन  सोमबार काठमाडौं उपत्यकामा ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा काठमाडौंका ३६ जना, ललितपुरका ४ जना र भक्तपुरका ४ जनामा कोरोना संक्रमण देखिएको हो । 

मंगलबार २७ साउन  मंगलबार काठमाडौं उपत्यकामा १३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ११० जना, ललितपुरका १६ जना र भक्तपुरका ८ जनामा कोरोना संक्रमण देखिएको हो ।   

बुधबार २८ साउन  बुधबार काठमाडौं उपत्यकामा १३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १०९ जना, ललितपुरका २१ जना र  भक्तपुरका ८ जनाका कोरोना संक्रमण देखिएको हो ।   

विहीबार २९ साउन  आज काठमाडौं उपत्यकामा १२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १११ जना, ललितपुरका ११ जना र भक्तपुरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।   

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या २४ हजार ९५७ रहेको छ । जसमा १६ हजार ८ सय ३७ जना निको भएर घर फर्किसकेका छन् ।   

Must View