अनलाइन दर्ता र प्रेस पास नवीकरण स्थगित
2.1K
काठमाडौं । पत्रकारहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र (प्रेस पास) जारी तथा नवीकरणको काम सूचना तथा प्रसारण विभागले अनिश्चित कालका लागि स्थगित गरेको छ ।
हाल कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढिरहेकोले अर्को निर्णय नभएसम्म कार्यालयबाट उपलब्ध हुने सेवाहरु हाललाई स्थगित गरिएको विभागले जनाएको छ ।
विभागले सूचना जारी गर्दै प्रेस प्रतिनिधि प्रमाणपत्र जारी र नवीकरणसँगै अनलाइन सञ्चार माध्यमको नयाँ दर्ता, नवीकरण र प्रसारणतर्फको सेवासमेत स्थगित गरिएको जानकारी गराएको छ ।