नागरिक पोष्ट News


अमेरिकामा दुई हप्तामै विद्यालय सुचारु हुँदा एक लाख बालबालिका कोरोना संक्रमित बने, सचेत रहौ, सचेत बनौं

3.1K

काठमाडौ । अमेरिकामा पछिल्लो समय साना बालबालिकाहरुमा कोरोनाको प्रभाव बढी देखिएको छ । कोरानोका कारण रोग प्रतिरोधात्मक क्षमता कम भएका र दिर्घ रोगी प्रभावित हुँदै आएका थिए । तर अमेरिकामा पछिल्लो समय बालबालिकाहरुमा कोरोना देखिएको छ । यस्तो हुनुमा अमेरिकामा विद्यालय सुचारु भएका कारणले हो भन्दै विशेषज्ञहरुले निष्कर्ष निकालेका छन् । अमेरिकामा विद्यालय सञ्चालन भएपछि दुई हप्तामै झन्डै एक लाख बालबालिकामा कोरोना पुष्टि भएको अनुसन्धानले देखाएको हो ।

कोरोनाको प्रभाव ख्याल नगरेरै गत जुलाई महिनामा दुईहप्तासम्म अमेरिकाका विभिन्न स्थानमा विद्यालयहरु सुचारु भएका थिए। त्यसबीचमा ९७ हजार बालबालिका कोरोना संक्रमित बनेको अमेरिकन एकेडेमी अफ पेडियाट्रिस एन्ड दिन चिल्ड्रेन्स हस्पिटल एसोसिएसनको अनुसन्धानले जनाएको छ।

गत मे यता अमेरिकामा कोरोनाका कारण ८६ बालबालिकाको निधन भइसकेको छ। विज्ञहरुले कोरोना प्रकोपबीच नै विद्यालयहरु नखोल्न सुझाव दिएका थिए।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने विद्यालयहरु खोलिनुपर्ने जिकिर गरेका थिए। हाल अमेरिका कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको छ। ट्रम्पले लकडाउनको पनि विरोध गर्दै आएका थिए । उनले आफुले माक्सको प्रयोग पनि नगर्ने बताएका थिए । तर पछिल्लो समय भने उनी माक्समा देखिएका थिए । सीएनएन

Must View