नागरिक पोष्ट News


साउन २९ गतेदेखि लागू हुने गरी कडा नियम, गृह मन्त्रालयको सतहत्तरै जिल्ला प्रशासनलाई निर्देशन

3.1K

काठमाण्डौ – गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको हो । कोभिड –१९ को जोखिम उच्च भएकाले नेपाल सरकारबाट विभिन्न समयमा भएको निर्णय र मन्त्रालयबाट भएको निर्देशनसमेतका आधारमा उक्त परिपत्र जारी गरिएको हो ।

“हालसम्म जारी हुँदै आएको सवारी पास व्यवस्थालाई अर्काे व्यवस्था लागू नभएसम्मका लागि साउन २९ देखि सवारी पास वितरण नगर्नू नगराउनुहुन आदेशानुसार अनुरोध छ”, मन्त्रालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।

Must View