नेपालमा एकै दिन कोरोनाबाट १० जनाको मृत्यु, काठमाडौ उपत्यकामा मात्र १३९ कोरोना संक्रमित भेटिए
काठमाडौं। पछिल्लो २४ घण्टामा देशमा कोरोनाका कारण १० जनाको मृत्यु भएको छ। नेपालमा कोरोना महामारी शुरुभएयता बुधबार मृतकको यो सबैभन्दा ठूलो संख्या हो। नेपालमा मृत्यु दर निकै न्यून देखिए पनि बुधबार भने मृतकको तथ्यांक दोहोरो अंकमा पुगेको छ।
ठमाडौं उपत्यकामा आज पनि कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड बनाएको छ । उपत्यकामा थप १३९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्य सबैभन्दा धेरै काठमाडौकै छन् ।
स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १०९, ललितपुरका २१ र भक्तपुरमा ९ जना गरी १३९ जना संक्रमित थपिएका छन् ।
कोरोनाबाट ११ जनाको मृत्यु, ४८४ संक्रमित थपिएबुधबार काठमाडौं, धादिङ, धनुषा, सप्तरी, कपिलवस्तु, बारा र मोरङका विभिन्न अस्पतालमा गरेर १० जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयले बुधबार दिउँसो आयोजना गरेको पत्रकार सम्मेलनमा ९ जनाको मृत्यु भएको जानकारी दिइएको थियो। मन्त्रालयको पत्रकार सम्मेलनपछि विराटनगरस्थित कोशी अस्पतालमा एक पुरुषको मृत्यु भएको छ। यो सँगै बुधबार १० जनाको मृत्यु भएको हो। हालम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९२ पुगेको छ।
सपिङ्ग मल, होटल रेष्टुरेण्टमा काम गर्नेहरुलाई आफ्नै खर्चमा पीसीआर परीक्षण गर्न निर्देशन