काठमाडौं उपत्यकामा मालपोतको सेवाका कामकाज भदौ १५ सम्म स्थगित
1.8K
काठमाडौं । घरजग्गा कारोबारका कारण भिडभाड हुने काठमाडौं उपत्यकाका नापी र मालपोत कार्यालयका सेवाहरु बुधबारदेखि भदौ १५ सम्म स्थगित गरिएका छन् ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले सबै मालपोत कार्यालयहरुलाई मंगलबार परिपत्र गर्दै सेवाग्राहीको बढी भिडभाड भई कोभिड १९ को संक्रमण जोखिम बढेकाले उपत्यकाका सबै मालपोत तथा भूसिुधार कार्यालयहरुको सेवा भदौ १५ सम्मलाई स्थगन भएको जनाएको छ ।