नागरिक पोष्ट News


काठमाडौंमा मात्र १३४ जनामा कोरोना संक्रमण थपिए, एकै दिन तीन संक्रमितको मृत्यु

1.7K

२७ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११० जना, ललितपुरमा १६ जना र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको हो ।

कोरोना संक्रमणका कारण देशभरिमा एकैदिन पाँचजनाको मृत्यु भएको छ। तीमध्ये तीनजना काठमाडौं उपत्यकाका छन्। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

उपत्यकामा सोमबार मृत्यु हुनेमा कीर्तिपुर ट्यांलाफाँटका ६४ वर्षीय पुरुष हुन्। उनको नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मिर्गौलाका रोगी उनी असार ३१ गते निमोनियाको समस्याले अस्पताल भर्ना भएका थिए। सोमबार नै मध्यबानेश्वरका ७६ वर्षीय पुरुषको नेपाल मेडिकेयर अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। श्वास–प्रश्वासमा समस्या भएपछि उनलाई साउन २३ गते अस्पतालको आइसियूमा भर्ना गरिएको थियो। मृतक पुरुषमा निमोनिया, उच्च रक्तचाप र मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ।  

त्यसैगरी ललितपुरको किस्ट मेडिकल कलेजमा उपचारका लागि भर्ना भएकी ५० वर्षीया एक महिलाको पनि मृत्यु भएको छ। उनी काभ्रेकी हुन्। आइतबार उपचारका लागि भर्ना भएकी उनको सोमबार ४ बजे मात्रै पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो। स्वास्थ्य मन्त्रालयले सोमबारको नियमित पत्रकार सम्मेलनमा उनको मृत्युबारे जानकारी दिएको थिएन। उता बाँके, कोहलपुरकी ७० वर्षीया महिला र पर्सा, वेदियाही गाउँपालिका–१५ की ४५ वर्षीया महिलाको पनि बितेको २४ घण्टाभित्र मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  

वर्क फ्रम होम, ठेला व्यापार बन्द, स्कुल नखुल्ने, बैठक र भेला गर्न नपाइने

Must View