नागरिक पोष्ट News


काठमाण्डौ उपत्यकाका ३ जिल्लामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय

3.5K

काठमाडौं । काठमाडौमा अप्रत्यासित रुपमा कोरोना संक्रमितको संख्या बढेपछि उपत्यका भित्रका तीन जिल्ला प्रशासन कार्यालयका केही र स्थानिय तहले फेरी अत्यावश्यक वाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेका छन् । वजारमा भिडभाड बढेका कारण कोरोना फैलिएको निष्कर्ष निकाल्दै कम्तीमा ती साताका लागि सबै सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

 तीन दिन अघि बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकराीकारकिो बैठकले पनि अत्यावश्यक वाहेकका काम बन्द गर्ने निर्णय गरेका थिए । स्थानिय तहका कार्यालयले तीन साताका लागि अत्यावश्यक काम बाहेक सबै काम बन्द गर्ने निर्णय भएको मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठ जानकारी दिए । उनले बैठकले गरेको निर्णय सुनाउँदै भीडभाड कम गर्न अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन भएपछि कोरोना तिब्र रुपमा फैलिएको निष्कर्ष निकालेको छ । स्थानिय तहले सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।

कलकारखाना, उद्योग धन्दाहरु, निर्वाध रुपमा सञ्चालन भएर मजदुरहरुको दैनिक आवत(जावत बढ्दा र पसल सञ्चाल हुँदा सर्वसाधारणको पनि भिड बढ्दा कोरोनाको जोखिम बढेको छ । मजदुरहरुलाई पनि अब बाहिर ननिस्कने वातावरण बनाउन उद्योग तथा कलकारखानाभित्रै क्वारेन्टाइनको व्यवस्था गर्न पनि स्थानिय तहले आग्रह गरेका छन् । उनीहरुले कर कारखाना संचालन गर्दा स्वास्थ्य मापदण्ड पुरागरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय बैठकले गरेको बताएका छन् ।

सामाजिक सुरक्षा भत्ता प्रायोजनको लागि नवीकरण गर्ने म्याद असोज मसान्तसम्म बढाउन पनि सरकारलाई अनुरोध गरेका छन् । सरकारको समर्थन वा विरोधमा र्‍याली, भेला, अनसन, जुलुुस लगायतका गतिविधि गर्न नदिन पनि सरकारलाई आग्रह गर्ने निर्णय भएको बताइएको छ । साथै सामुहिक रुपमा गरिने सांस्कृतिक कार्यक्रम पनि तत्कालका लागि रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि भएको छ।

सपिङ्ग मलहरु, होटल, रेष्टुरेष्ट आदिमा उच्च सतर्कता मापदण्डलाई कडाईका साथ पालना गर्न पिसिआर परीक्षणको दायरा बढाउन भन्दा पनि कोरोना रोकथामको लागि क्वारेन्टाइनको संख्या र गुणस्तरमा ध्यान दिने निर्णय पनि बैठकले गरेको छ।

मजदुर, ठेलागाडा, साइकल, फुटपाथ, तरकारी व्यापार गर्न आएकाहरु बढी देखिएको भन्दै तरकारी व्यापारलाई साँझ विहान मात्र सञ्चालन गर्न दिने र निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साईकल मार्फत गरिने व्यापारलाई भदौं १५ गतेसम्मको लागि निषेध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

Must View