नागरिक पोष्ट News


तारकेश्वर ९ मा एक पुरुष, टोखा ५ को धापासीमा ४४ वर्षिय महिला र बुढानिलकण्ठ ८ जनामा कोरानाको पुष्टि

2.5K
२६ साउन, काठमाडौं तारकेश्वर ९ को बासुकी नाग टोलमा एक पुरुषमा कोरोना पुष्टि

 काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. ९ को एक ३०–३५ वर्षे पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । कोरोना संक्रमित व्यक्ति बासुकी नाग टोलको स्थायी बासिन्दा हुन् । उनको पुरानो घर नुवाकोटको मिश्र गाउँ भएको बुझिएको छ ।

उनले टोखा नगरपालिकाको बासिन्दा भनेर टोखामा गई पिसिआर परिक्षण गर्दा पोजेटिभ देखिएको कुरा विशेष स्रोतले जानकारी दिएको छ । अहिले उनी आफ्नै घरको होम क्वारेन्टाइनमा बसिरहेका छन् ।

 

टोखा ५ को धापासीमा एक ४४ वर्षिय महिलामा कोराना पुष्टि

काठमाडौं । टोखा नगरपालिका वडा नम्बर ५ को धापासीमा ४४ वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको छ । उनि टोखा–५ को स्थानीय बासिन्दा हुन् । उनलाई अहिले उपचारको लागि सशस्त्र प्रहरीको वलम्वुको आइसोलेसनमा लगिएको छ ।

कोरोना संक्रमित देखिएसंगै भोलिदेखि कन्टयाक ट्रेसिङ सुरु गरिने जानकारी दिँदै वडा अध्यक्ष जगन्नाथ ढकालले अत्यावश्यक काममा वाहेक अन्य समयमा अनावश्यक घुमफिर नगर्न र जथाभावी नजान अनुरोध गरेका छन् ।

१८ महिने शिसु सहित बुढानिलकण्ठ नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुस्टि

बुढानिलकण्ठ नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । अहिलेसम्म वुढानिलकण्ठमा ३७ जना कोरोना संक्रमित पुगेको छ । हिजो मात्र बुढानिलकण्ठ नगरपालिका वडा नं ८ का ३ जना, वडा नं ३ का २ जना, वडा नं १ का १ जना, वडा नं २ का १ जना र वडा नं १० का १ जनामा कोरोना संक्रमण देखिएको हो ।

वडा नं ८ मा ३१ वर्षीय महिला र ३४ र १८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै वडा नं ३ का ५१ र ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ। त्यस्तै वडा नं १ का ४५ वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको छ । वडा नं २ का ४५ वर्षीय महिलामा कोरोना पोजेटिभ दे िखएको छ । त्यस्तै वडा नं १० का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ।

- Source : फरकपत्र

Must View