गोंगबु हत्या प्रकरण : विभत्स हत्या गरिएको व्यक्ति कृष्णबहादुर बोहोरा भएको पुष्टि, एक महिला पक्राउ
गोंगबुमा शनिबार राती भएको विभत्स गरिएका व्यक्ति कृष्णबहादुर बोहोरा भएको पुष्टि भएको छ । हत्याको आशंकामा प्रहरीले एक महिलालाई चितवनबाट पक्राउ गरेको छ । आइतबार बिहानै सुटकेशभित्र टाउको र खुट्टाविनाको शव गंगोबुमा भेटिएको थियो । कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको र खुट्टा भेटेको थियो । मृतकको पहिचान नभएपछि फोटो सार्वजनिक गर्यो । त्यस आधारमा विभत्स हत्या गरिएका कृष्णबहादुर बोहोरा भएको खुल्यो । प्रहरीका अनुसार शनिबार राति नै बोहोराको हत्यापछि शवलाई सुटकेश र झोलामा लगेर सडकमा फ्याँकिएको पाइएको छ । प्रहरीले अपराध भएको घरमा बस्दै आएकी कल्पना शाहीलाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार कृष्णबहादुर पछिल्लो ९ महिनादेखि मित्रनगरस्थित एक गेस्ट हाउसमा बसेको खुलेको छ ।
उनको कल्पनासँग लेनदेन सम्बन्धी विवाद पनि हुनसक्ने देखिएको छ । अनुसन्धान संलग्न अधिकृतहरुका अनुसार बोहोराले एक जनासँग ५० लाख रुपैयाँ लिनुपर्ने र उनलाई धेरै प्रयासपछि शनिबार भेटेको आफन्तसँग बताएका थिए । बोहोराले भनेको व्यक्ति तिनै महिला वा अरु कोही थिए भन्ने खुलेको छैन ।