एनआइसी एशिया बैंक र सिजी मोटोकर्पबीच सम्झौता
2.2K
एनआइसी एशिया बैंक लिमिटेड र सुजुकी ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्प प्रा. लि. बीच यस बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने समझदारी भएको छ ।
उक्त समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा कम्पनीको तर्फबाट महाप्रबन्धक (सेल्स एण्ड मार्केटिङ) सिरज पन्तले हस्ताक्षर गरे । उक्त ब्राण्डका चार पाङ्ग्रे सवारी बिक्री गर्दा सिजी मोटोकर्प प्रा. लि.ले यस बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने र बैंकले सिजी मोटोकर्प प्रा. लि.का उपभोक्ताहरूलाई सवारी कर्जामा थप सहज प्रदान गर्ने उक्त समझदारीपत्रमा उल्लेख छ ।