नागरिक पोष्ट News


गजलः स्वर्गमा घर कस्तो होला आगन कस्तो होला !

3.1K

स्वर्गमा घर कस्तो होला आगन कस्तो होला मरेर गएका मान्छेहरूको जीवन कस्तो होला

राजधानीले यति धेरै दु:खका किस्सा सुनायो हे भगवान! कर्णालीको पीडा झन कस्तो होला

खाडीको भिषा लागेको दिन रातभरि सोचेँ त्यो बिरानो देश त्यहाँको चलन कस्तो होला

जुन बाटोमुनी छोराको लास भेटिएको थियो त्यहीँ बाटो हिंड्न परे आमाको मन कस्तो होला

© तारा प्रकाश बम

  •  

Must View