पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु, प्रदेश ५ की सांसदलाई कोरोना संक्रमण पुष्टि
1.7K
२५ साउन, काठमाडौं । पोखरामा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ७४ पुगेको छ ।
प्रदेश ५ की सांसद कृष्णा केसी (नमूना) लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की सांसद केसीले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् ।
उनले आफ्नो नजिक सम्पर्कमा आएकाहरुलाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउन आग्रह गरेकी छिन् ।
पर्सामा मेयरसहित ५५ जनामा कोरोना, ल्याबका कर्मचारी पनि संक्रमितपर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र प्रसाद साहसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पताल स्थिति पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ८ जना महिलासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।