तारकेश्वर १० वडा कार्यालयमा आउने सेवा ग्राहिले अनिवार्य मास्क लगाउनुपर्ने
1.7K
२३ साउन, काठमाडौं । तारकेश्वर १० को शिव नगर र सप्तऋषि टोलमा २ जनालाई कोरोना पोजेटिभ देखिएपछि वडा कार्यालयले सेवा ग्राहीका लागि केही नियम पालना गर्नुपर्ने बताएको छ ।
सेवा ग्राहीले कार्यालय प्रवेश गर्दा अनिवार्य हात साबुन पानीले हात धोएर मास्क लगाउनुपर्ने भएको छ । आज वडा कार्यलयले एक सूचना निकाल्दै कोरोना संक्रमण बढिरहेको अवस्थामा सेवा ग्राही र कर्मचारीको स्वास्थ्यको ख्याल गर्दै सूचना जारी गरेको छ ।