नागरिक पोष्ट News


तारकेश्वर १० मा कोरोना पोजेटिभ देखिएको परिवारका पिसिआर परिक्षणका लागि स्वाव संकलन

1.5K

२५ साउन, काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. १० लोकतान्त्रिक चोक नजिक ४ दिन अघि कोरोना पोजेटिभ देखिएको स्थानमा ४ दिनपछि आज नगर स्वास्थ्य साखाले कोरोना पोजेटिभ देखिएको व्यक्तिको परिवारका सदस्यहरुको पिसिआर परिक्षणका लागि स्वाव संकलन गर्न लागेको छ ।

स्वाव संकलन ९ जनाको मात्र गर्ने भनिएपछि उक्त घरको भाडामा बसोबास गरेकाहरुले विरोध जनाइरहेका छन् । उनिहरुले हामी सबैको स्वाव संकलन गर्नुप¥यो भन्दै आएका छन् ।

४ दिनपछि स्वास संकलन गर्न नगर स्वास्थ्यको टोली गएपछि स्थानीयहरु आक्रोशित हुँदै अहिलेसम्म किन नआएको भनेर स्थानीय सरकारको आलोचना गरेका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना पोजेटिभ देखिएको स्थानहरुमा सिल गर्न सकिने निर्देशन भएपनि तारकेश्वरमा कतै पनि सिल नगरिएकपछि स्थानीयहरु आक्रोशित बनेका छन् ।

हामीले तारकेश्वर नगर स्वास्थ्य साखा प्रमुखलाई तारकेश्वरका अन्य स्थानको कोरोना संक्रमणबारे बुझ्न खोज्दा उहाँले आफुलाई थाहा नभएको बताउनुभयो ।

farakpatrabata

Must View