काठमाडौंको गोंगवुमा एक पुरुषको शव सुटकेस भित्र टुक्रा–टुक्रा पारेको अवस्थामा भेटियो
२५ साउन, काठमाडौं । काठमाडौंको गोंगवुमा आज एक व्यक्तिको शव भेटिएको छ । टोखा नगरपालिका वडा नं. १० स्थित स्वर्गद्धारी टोलमा बन्द सुटकेस भित्र घाँटी मुनी घुँडा माथिको शव भेटिएको छ । प्लास्टीकमा प्याक गरी सुटकेसमा हालीएको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरिलाई खबर गरेका थिए ।
टाउको र खुट्टा भने सुटकेस भन्दा ३०० मिटर टाढा फालिएको थियो । नेपाल प्रहरिले कुकुरको सहायताले टाउको र खुट्टा पत्ता लागेको थियो । मृतक करिव ४५ वर्षको मंगोलियन जस्तो देखिन्छ ।
घटनास्थलमा नेपाल प्रहरिका टेकुका प्रहरि प्रमुख एसएसपी श्याम ज्ञवाली र प्रहरि महासाखा प्रमुख एसएसपी दिपक थापा सहितको ठूलो संख्यामा प्रहरि परिचालन गरि शव संकलन गरेर पोष्टमार्टमका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको छ । घटना कसले ग¥यो र मृतकको को हुन् भनेर प्रहरिले बुझिरहेको छ ।
स्थानीयहरुका अनुसार मृतक कुनै क्षेत्रको माथिल्लो ओहोदाको मान्छे हुन सक्ने आशंका गरिएको छ । घटनास्थल गोंगवु चोकदेखि गणेशस्थान जाने बाटोमा अर्जुन नरसिंह केसीको घर अगाडीको गल्ली हो ।