नागरिक पोष्ट News


अबको तीन दिन भारी वर्षाको पूर्वानुमान, सतर्क रहन आह्वान

2.2K

काठमाडौँ  साउन २४ गते । । वर्षा गराउने न्यूनचापीय रेखा पुनः नेपाल नजिक आउने भएको छ । विगत एक साता नेपालबाट दक्षिणतिर न्यूनचापीय रेखा कायम रहेको थियो । त्यो रेखा नेपालतिर आउँदै गर्दा पुनः नेपालमा मनसुनी गतिविधि बढ्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् शान्ति कँडेलका अनुसार न्यूनचापीय रेखा उत्तरतर्फ सर्दैछ । त्यसपछि नेपाल नजिक आइपुग्नेछ । त्यसैका कारण शनिबारदेखि नेपालमा मनसुन सक्रिय हुने क्रम बढ्ने उहाँले बत(ाउनुभयो ।

विशेष गरी प्रदेश १, २ र बाग्मती प्रदेशमा वर्षा हुने सम्भावना छ । यस क्षेत्रका केही स्थानमा ठूलो वर्षा हुनेछ । मनसुनी रेखा नेपालतर्फ अगाडि बढ्दा त्यसको असर भने शुक्रबारदेखि नै नेपालमा देखिन थालेको छ ।

आउँदो आइतबारबाट विभिन्न भागमा भारी ...

विभागका अनुसार आज दिउँसो पनि देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।

अबका तीन दिन मनसुन सक्रिय भइ भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

Must View