काठमाडौंमा कोरोनाको संक्रमितको संख्या बढ्दो, दश दिनमा सक्रिय सङ्क्रमित ३९ हजार पुग्ने विज्ञहरुको विश्लेषण
1.8K
कभर फोटो स्रोत : कान्तिपुर दैनिक (eKantipur)
काठमाडौँ, साउन २४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमणका खराब र मध्यम अवस्थामा सङ्क्रमितको सङ्ख्या पूर्वानुमान गरेको थियो ।
सङ्क्रमण युद्ध स्तरमा फैलिए साउन २५ सम्म नेपालमा सक्रिय सङ्क्रमित ९१ हजार पुग्ने अनुमान गरिएको थियो । तर हाल सक्रिय सङक्रमितको सङ्ख्या छ हजार ६३० दर्ता गरिएको छ ।
मध्यम अवस्थामा भदौ २ गतेसम्म सक्रिय सङ्क्रमित ३९ हजार पुग्ने अनुमान गरिएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले दुवै अवस्थाको तुलना गर्दा नेपाल सन्तोषजनक अवस्था रहेको बताउनुभयो ।
काठमाडौंमा मात्र १०६ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो दश दिनमा करिब तीन हजार पाँच सय सङ्क्रमितको पुष्टि भएको छ । कुल सङ्क्रमित हुनेको सङ्ख्या २२ हजार २१४ पुगेको छ । सक्रिय सङ्क्रमित छ हजार ६३० छन् । सङ्क्रमितको मृत्युदर वृद्धि भएको छ । हाल प्रतिदशलाख सङ्क्रमितका शून्य दशमलव तीन प्रतिशत कायम गरिएको छ ।