नागरिक पोष्ट News


काठमाडौँ १५ दिनको लागि ‘सटडाउन’, उपत्यकामा तीनवटा जिल्ला अत्यावश्यक बाहेकका सेवा बन्द

3.2K

काठमाडौँ, साउन २४ गते  कोरोना भाइरसको जोखिम बढ्दै गएपछि उपत्यकामा जिल्ला प्रशासन कार्यालयहरुमा दुई हप्ताको लागि ‘सटडाउन’ हुने भएको छ । बैठकले बजारको अनुगमनलाई तीव्र बनाउनुका साथै समाजिक दुरी र सुरक्षाका उपाय नपनाउनेहरुलाई कारवाही गर्ने पनि निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणका कारण हालसम्म काठमाडाँैंमा ६७४, ललितपुरमा १२४ र भक्तपुरमा ७८ जना प्रभावित भएका छन् । 

 काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण अप्रत्याशित ढङ्गले बढेपछि काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा १५ दिनका लागि स्थगित गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र उच्च सुरक्षा अधिकारी सम्मिलित शुक्रबारको बैठकले साउन २५ गते आइतबारदेखि भदौ ८ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

काठमाडौंमा कोरोनाको जोखिम बढेपछि ...

गृह मन्त्रालयद्वारा जारी गरिएको बन्दाबन्दी व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड, २०७७ अनुसार आवतजावत गर्दा, कार्यस्थलमा कार्यरत रहँदा न्यूनतम दुई मिटरको सामाजिक दूरी कायम राख्न, आवतजावत गर्दा तथा कार्यस्थलमा रहँदा मास्क र सेनिटाइजर प्रयोग गर्ने जस्ता मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी र उपत्यकामा तैनाथ सुरक्षा अधिकारी सहितको बैठकले सङ्क्रामक रोग ऐन, २०२० अनुसार सङ्क्रामक रोग सम्बन्धी स्वास्थ्य मापदण्ड नअपनाउनेलाई कारबाहीको चेतावनी दिइएको छ ।

Must View