नागरिक पोष्ट News


‘१० हजार संक्रमितले १ लाख २० हजारलाई संक्रमण सार्न सक्छन्, जोर बिजोर प्रणालीले झन जोखिम - डा. रविन्द्र पाण्डे

2.1K

 नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ।  जनस्वास्थ्यविदहरुले उठाउँदै आएका बिषय अहिले यर्थाथमा परिणत भएको छ। लक्षणयुक्त संक्रमण धेरै जनालाई सर्ने तथा गम्भीर बनाउने प्रकृतिको छ। नेपालको अहिलेसम्मको तथ्यांक विश्लेषण गर्दा १ जना संक्रमितले बढीमा १२५ जनालाई तथा घटीमा १ जनालाई संक्रमण सारेको एवं औसतमा एक जनाले १२ जनालाई संक्रमण सारेको सीसीएमसीले जनाएको छ।

यो अवस्था विद्यमान भएमा १० हजार संक्रमितले १ लाख २० हजार व्यक्तिलाई संक्रमण सार्न सक्छन्। तसर्थ छिटो परीक्षण र छिटो कन्ट्रयाट ट्रेसिङको स्मार्ट रणनीति बनाउनु जरुरी छ।

जोर बिजोर प्रणालीले कोरोनाको जोमिख झन बढ्ने

काठमाडौं। सरकारले काठमाडौं उपत्यकामा सञ्चालन हुने निजी तथा सार्वजनिक सवारीमा पुनः जोर बिजोर प्रणाली लागू गरेसँगै सार्वजानिक यातायातमा थप भीडभाड देखिएको छ। कोरोना संक्रमण नियन्त्रणको लागि भन्दै सरकारले लागू गरेको जोर बिजोर प्रणाली लागू भएपछि सार्वजानिक यातायात कम हुँदा भीड बढेको हो।

कोरोनाको जोखिम कम गर्न सरकारले जोर बिजोर प्रणाली लागू गरेपनि गन्तव्यमा पुग्न सार्वजनिक यातायात प्रयोग गर्नै पर्ने सर्वसाधारणको बाध्यताले सवारी साधनमा भीड बढेकोपछि कोरोनाको जोखिम झन बढेको छ।

जनस्वास्थ्यविदका अनुसार सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेर ट्राफिक जाम नियन्त्रण बाहेकको उपलब्धि हुँदैन। कोरोना भाइरस यातायातलाई सर्ने नभएकाले जोर बिजोर प्रणाली पुरानो प्रचलन भएको भन्दै जनस्वास्थ्यविद रवीन्द्र समिरले डिसी नेपालसँग कुरा गर्दै भने, ‘सर्वसाधारण महामारीको समयमा अति आवस्यक काममा मात्र निस्कन्छन्, त्यसकारण यस समयमा जोर बिजोर गर्नु भन्दा बढी मात्रामा यातायात सञ्चालन गर्नुपर्छ।’

Must View