कोरोना संक्रमितले प्रधानमन्त्री र गृहमन्त्रीलाई सम्म भेटेका थिए, प्रचण्ड निवासका ६ जनालाई पनि कोरोनाको पुष्टी
नेपालमा कोरोना भीओइपीसम्म देखिएको छ । कोरोना संक्रमणको चपेटामा सबैभन्दा बढी नेपाल प्रहरी परेको छ । सेना पुलिस, मेयर, न्यायधीसहुदै कोरोनको संक्रमण प्रदेशका मन्त्रीसम्म भएको छ । पछिल्लो जाँचमा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यादवलाई कोरोना संक्रमणपछि यसको कन्ट्रयाक ट्रेसिग प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री लगायत मन्त्रीसम्म पुगेको छ । किनकी ज्ञानेन्द्रकुमार यादव सहभागी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी रहेका थिए । काठमाडौंमा भएको प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापालगायत सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, सुरक्षा प्रमुख लगायत उच्च पदस्थहरु रहेको खुलेको छ । बैठकमा मन्त्री यादवले प्रदेश २ को नेतृत्व गरेका थिए । बैठकपछि उनले अरु उच्च पदस्थहरुलाई पनि भेटेको बताएका छन् । काठमाडौंबाट फर्किएपछि यादवले कोरोना परीक्षणका लागि जनकपुरमै स्वाब दिएका थिए। रिपोर्ट पोजेटिभ आएको छ। कोरोना संक्रमण पुष्टि भएपछि यादव जनकपुरमै होम आइसोलेसनमा छन्। यादवलाई काठमाडौंमै या जनकपुरमध्ये कहाँ कोरोना संक्रमण भएको हो भन्ने खुल्न सकेको छैन। मन्त्री यादवले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, गृहसचिव महेश्वर न्यौपानेसहितसँग भेटघाट गरेका थिए। त्यहाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा उनी सामेल भएका थिए। त्यहाँ उपस्थित हुने क्रममा यादवसहित प्रधानमन्त्री र गृहमन्त्रीले सामूहिक फोटो पनि खिचाएका थिए। उक्त बैठकका क्रममा प्रधानमन्त्री ओली, गृहमन्त्री थापा, सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृहमन्त्रीका सल्लाहकार र प्रहरी महानिरीक्षकसँग उनले भेट गरेका थिए।
प्रचण्ड निवासका ६ जनालाई पनि कोरोनाको पुष्टी
त्यसैगरि उनले काठमाडौंमै रहँदा कानुन मन्त्री डा। शिवमाया तुम्बाहाङ्फेसँग पनि बैठक गरेका थिए। त्यस बैठकमा पनि उनीसहित सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरु पनि सहभागी रहेको खुलेको छ। त्यस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास सुरक्षार्थ ६ जना प्रहरीलाई कोरोना पुष्टि भएको छ। यस अघि सभामुख अग्नी सापकोटाको सुरक्षाकर्मीमा पनि कोरोना पुष्टि भएको थियो । तर अग्नी सापकोटाको स्वाव परिक्षण गर्दा उनको परिणाम नेगेटिभ आएको थियो । प्रचण्डको परिवारका सदस्यसहित निवास र उनको सुरक्षामा तैनाथ प्रहरीको स्वाब लिएर गरिएको परीक्षणमा ६ जनालाई कोरोना पुष्टि भएको हो। काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जोखिममा रहेकाहरुको परिक्षण बढाइन थालेको छ ।