नागरिक पोष्ट News


सुन अहिलेसम्मकै महंगो, तोलाको एक लाख रुपैयाँ नाघ्यो

2.1K

काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ ।

मंगलबार प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम रहेको सुन बुधबार एकैदिन एक हजार ६ सय रुपैयाँ महंगो भएको हो । विश्व बजारमा सुनको भाउ लगातार बढिरहेकाले त्यसको प्रभाव नेपाली बजारमा समेत परेको महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले बताए ।

विश्वमा कोभिड–१९ को महामारी सुरु भएसँगै सुनको भाउ लगातार उच्च भइरहेको छ । डलर र तेलको भाउमा आएको गिरावटसँगै लगानीकर्ताहरुले सुनमा लगानी गरेपनि भाउ महंगो भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार २३.७४ डलर पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । मंगलबार बिहान प्रतिऔंस १ हजार ९७४.४५ डलर थियो ।

Must View