आखिर किन, म र मेरै मान्छेसँग बदला लिन खोजियो ? प्रचण्ड
1.8K
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना मान्छेसँग बदला लिन खोजेको आरोप पार्टी निकटका केही पत्रकार भेटका क्रममा लगाएका छन् ।
‘मसँग बदला लिने गरी ओलीजी अघि बढ्नुभयो । मलाई भेट्नेलाई बदला लिने काम भयो । नेतादेखि मलाई भेट्ने कर्मचारीमाथि समेत प्रहार भयो’, उनले भने, ‘नेकपाको बैठकस्थलमा मेरो कुर्सी हटाउने कुरा टेक्निकल मात्रै होइन, कुर्सी हटाउने कुरा निषेधात्मक सोचको उपज थियो ।’
चुनावी घोषणापत्र अनुसार पार्टी अघि नबढेको बताउँदै मार्क्सवाद-लेलिनवादको शिक्षालाई लिएर जाने कि बुर्जुवालाई काँधमा हालेर जाने अवस्थामा पार्टी पुगेको बताए । उनले अहिले बुर्जुवाको बर्चस्व रहेको पनि बताए ।