नागरिक पोष्ट News


नेपाल घरेलु तथा साना उद्योग महासंघको स्वागत तथा विदाई कार्यक्रम

2.2K

नेपाल सरकारको स्वास्थ्य र सुरक्षाको मापदण्डलाई पालना गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले आज मिति २०७७ साउन १९ गते उद्योग विभागका नवनियुक्त महानिर्देशक श्री जीवराज भुसाल र पूर्व महानिर्देशक श्री जीवन प्रकाश सिटौलाको सम्मानमा स्वागत तथा विदाई कार्यक्रम आयोजना ग¥यो । महासंघका कार्यवाहक अध्यक्ष श्री उमेश प्रसाद सिंहको सभापतित्वमा आयोजित कार्यक्रममा उद्योग विभागका नवनियुक्त महानिर्देशक श्री जीवराज भुसालले मुलुकको लघु, घरेलु तथा साना उद्योगको विकासले मात्रै दिशकोऔघोगीक बिकासलाई ठुलो टेवा पुग्छ ! हालको बिसम परिस्थितिमा पनि नेपाल र नेपालीहरूको जिबनयापनको लागि लघु घरेलु तथा साना उद्योगहरू रस्थानिय कृषि उत्पादनले नै धानेको कुरा जगजाहेर नै छन् ! त्यसकारण यस क्षेत्रको बिकास र बिस्तार गर्न, नेपाल घरेलु तथा साना उद्योग महासंघसँग सहकार्य गर्दै , मिलेर कार्य गर्ने बताउनु भयो ! माहासघंको सहकार्य स्थानीय तह सम्म पनि बिस्तार गर्दै कृषि तथा औद्योगिक उत्पादनले देशलाई आत्मनिर्भरता तर्फ उन्मुख गराउन्दै लग्नको लागी उघोग बिभाग र महासंघ सदैब एक ठाउँमा उभिनुपर्ने कुरामा जोड दिनुभयो ! पूर्व महानिर्देशक श्री जिवन प्रकाश सिटौलाले विगतमा महासंघसँग लामो समय सहकार्य गर्दै कार्य गरेको कुरा संस्मरण गर्नुभयो !

हामीले गर्ने हरेक कार्यक्रमहरूले लघु घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धनमा सहयोग पुग्नुपर्ने कुरामा बिषेस जोड दिनुभयो ! महासंघसंग सहकार्य गरिरहेकामा कोभिड–१९ का कारणले योजनाबद्ध केही कार्यक्रमहरु गर्न बाँकी रहेको कुरा पनि बताउनु भयो । महासंघका कार्यवाहक अध्यक्ष श्री उमेश प्रसाद सिंहले उद्योग विभागसँगको सहकार्यलाई महासंघले सधैं उच्च महत्व दिदै आएको बताउनु हुँदै लघु, घरेलु तथा साना उद्योग विकास कोष मार्फत थुप्रै कार्यक्रमहरु आयोजना गरिएको र भविष्यमा पनि लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धनका लागि उद्योग विभागसँग हातेमालो गरेर अघि बढ्ने बताउनु भयो । सो समारोहमा कार्यक्रम संचालन गर्नुहुँदै महासंघका महासचिव श्री डम्वर प्रसाद रेग्मीले स्वागत गर्नुहुँदै विगतका वर्षहरुमा महासंघ र उद्योग विभागले संयुक्त रुपमा बिभिन्न किसिमका तालिमहरू साथै औद्योगिक प्रदर्शनी कार्यक्रमहरु सफलतापूर्वक आयोजना गरेको बताउनु भयो । कार्यक्रमपछी अनौपचारिक रूपमा छलफल गर्ने क्रममा महासंघका कोषाध्यक्ष श्री सत्यनारायण प्रजापतिले कोभिड -१९ को कारणले गर्न बाँकी रहेको कामहरू आउदा दिनहरूमा गर्दै जानुपर्ने बिचार राख्नुभयो !आगामी दिनमा अझ बढी लघु घरेलु तथा साना उद्योग क्षेत्र, कृषि क्षेत्रमा मेहनत गरी गुणस्तरीय उत्पादन, प्रशोधन र ब्याबस्थित बितरण प्रणालीको विकास गर्नुपर्ने बताउनुभयो ! केन्द्रीय महिला उद्यमी समितिका उपाध्यक्ष श्री रिता अवालले कोभिड -१९ ले आक्रन्त भएको समयमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायतले लघु घरेलु तथा साना उद्योगहरूको महत्वबारे राम्रो संग बुझ्नु एकदमै सकारात्मक कुरा हो! अब यस क्षेत्रमा महिला उघमीको विकास र प्रवर्द्धनमा अझ बढी जोड दिनुपर्छ भन्नुभयो ! प्रदेश उपाध्यक्ष जानकी प्रधानले लघु घरेलु तथा साना उद्योगहरूको बिकासको लागि नीतिमा मात्र नभई कार्यान्वयनमा बढिजोड दिनुपर्ने बताउनुभयो ! उत्त कार्यक्रममा ललितपुर जिल्ला संघका अध्यक्ष श्री अष्टमान महर्जन, काभ्रे जिल्ला संघका अध्यक्ष श्री सुवासना श्रेष्ठ , सचिब रमण श्रेष्ठ लगायतका अरू उद्यमीहरूका साथै कर्मचारी र पत्रकारको उपस्थिति रहेको थियो ।

Must View