नागरिक पोष्ट News


काठमाडौंमा थप ६२ जनामा कोराना संक्रमण, २ हप्ता लकडाउन गर्न विज्ञहरुको सुझाव

1.8K

काठमाडौं उपत्यकाका ६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४८ जना संक्रमित थपिएका छन् । भक्तपुरमा १३ र ललितपुरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

कोरोनाको संक्रमण उपत्यकामा बढ्दै गएपछि जनस्वास्थ्य विज्ञहरुले पुनः लकडाउन बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

 प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिपक्षी दलका नेतासहित जनस्वास्थ्य विज्ञसँग प्रधानमन्त्री ओलीले गरेको छलफलमा फेरि लकडाउन गर्न सुझाव दिएका हुन् । विज्ञहरुले अब कम्तिमा २ हप्ता लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् ।

 प्रधानमन्त्री ओलीले भने जनताले नै सरकारको आग्रह नसुनेकाले कोरोना भयावह अवस्थामा पुगेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले महामारी नियन्त्रण गर्न सरकारले गर्ने कामले मात्र नपुग्ने भन्दै जनतामा जति बढी चेतना बढाउन सकिने भन्दै कोरोनासँग लड्न पनि त्यति नै सहज हुने बताएका छन् ।

उनले कोरोनाको संक्रमणको अवस्था बुझेरमात्रै लकडाउन गर्ने नगर्ने भन्ने निर्णय लिने बताएका छन् ।

Must View