काठमाडौंमा २ हप्ता पुनः लकडाउन गर्न विज्ञहरुको सुझाव, अवस्था बुझेरमात्रै लकडाउन गर्ने नगर्ने निर्णय लिने -प्रधानमन्त्री
1.7K
काठमाडौं । जनस्वास्थ्य विज्ञहरुले पुनः लकडाउन बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिपक्षी दलका नेतासहित जनस्वास्थ्य विज्ञसँग प्रधानमन्त्री ओलीले गरेको छलफलमा फेरि लकडाउन गर्न सुझाव दिएका हुन् । विज्ञहरुले अब कम्तिमा २ हप्ता लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् ।
प्रधानमन्त्री ओलीले भने जनताले नै सरकारको आग्रह नसुनेकाले कोरोना भयावह अवस्थामा पुगेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले महामारी नियन्त्रण गर्न सरकारले गर्ने कामले मात्र नपुग्ने भन्दै जनतामा जति बढी चेतना बढाउन सकिने भन्दै कोरोनासँग लड्न पनि त्यति नै सहज हुने बताएका छन् ।
उनले कोरोनाको संक्रमणको अवस्था बुझेरमात्रै लकडाउन गर्ने नगर्ने भन्ने निर्णय लिने बताएका छन् ।