नागरिक पोष्ट News


काठमाडौंमा फेरि जोर बिजोर लागु गर्न यस्तो तयारी हुदै

2.9K

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोर बिजोर लागु गर्न प्रस्ताव गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा संक्रमण फैलिन नदिने हो भने सवारी साधनमा जोर बिजोर गर्नुपर्ने, बाहिरबाट आउनेहरुलाई १४ दिन अनिवार्य होम वा स्थानीय क्वारेन्टिन जस्ता उपाय अपनाउनुपर्ने देखिन्छ ।

मन्त्रालयको प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को निर्देशक समितिमा विचाराधीन छ । अहिले कोरोना संक्रमण फैलिएको क्षेत्रबाट मानिसहरु काठमाडौं आउने क्रम रोकिएको छैन । यसरी आउनेहरुलाई रोक्न नसके पनि १४ दिन अनिवार्य होम क्वारेन्टिन वा स्थानीय तहको क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरे मात्र उपत्यकालाई संक्रमणबाट जोगाउन सकिने विज्ञहरु बताउँछन् ।

सीसीएमसीका अधिकारीहरु पनि सवारीमा जोरविजोर लागू गर्न सकारात्मक रहेका छन् तर यसको पूर्ण निर्णय मन्त्रिपरिषदले गर्न बाँकी छ ।

Must View