नागरिक पोष्ट News


आज जनैपूर्णिमा, जनै फेर्ने र हातमा डोरो बाध्ने र क्वाटी खाने दिन, क्वाटी किन खाईन्छ ? क्वाटी खानुका फाईदाहरु

2.5K

काठमाडौं : आज जनै पूर्णिमा अर्थात रक्षाबन्धन। हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात ऋषितर्पणीका दिन नयाँ जनै धारण गर्नुका साथै रक्षा–बन्धन गरिन्छ। श्रावण शुक्ल पूर्णिमाका अवसरमा तागाधारीहरूले आजका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन्। हरेक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ।

यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामनअवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ। यसैगरी यस् दिन देह शुद्ध गरी देवता, सप्तऋषि(कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ |

जनैपूर्णिमा मा क्वाटी किन खाईन्छ ? क्वाटी खानुका फाईदाहरु

जनैपूर्णिमा तथार्त् क्वाँटी खाने दिन, बिहान ब्राह्मणले जपेको डोरो हातमा बाँध्ने, जनै फेर्ने, दिदी-बहिनीले आफ्ना दाजु-भाइलाई राखी बाँध्ने र नौ प्रकारका गेडागुडी मिश्रित क्वाँटी खाने गरिन्छ।

क्वाँटी पौष्टिक तत्वको खानी मानिन्छ। यसमा प्रशस्त प्रोटिन, भिटामिन र मिनरल्स रहेको हुन्छ। जुन शरीरका लागि आवश्यक तत्व हुन्। शरीर तन्दुरुस्त राख्न पौष्टिक तत्वको आवश्यकता पर्छ। ती पौष्टिक तत्व विभिन्न खानामा पाइन्छ।

यिनै पौष्टिक तत्वको मात्रा अंकुरित गुडागुडीमा रहेको हुन्छ। अंकुरित गुडागुडी जनैपूर्णिमा मात्र होइन अघिपछि पनि खान सकिन्छ। बढ्दो उमेरका केटाकेटी र बुढाबुढीलाई थप पौष्टिक तत्वको आवश्यकता बढी हुन्छ।

केराउ, सिमी, मटर, चना, राजमा, बोडी, भटमास, मुगी, मासलगायत विभिन्न गेडागुडी भिजाएर त्यसबाट टुसा अंकुराउन थालेपछि खान योग्य मानिन्छ। यसरी तयार पारिएको गेडगुडीलाई क्वाँटी भनिन्छ। क्वाँटीबारे सामाजिक, सांस्कृतिक र वैज्ञानिक तथ्य रहेको पाइन्छ।

नियमित सेवन गरे हुने फाइदा

– कब्जियतको समस्या हटाउँछ,

– मधुमेह तथा पायल भएका मानिसलाई फाइदा गर्छ,

– बुढ्यौ हुनेबाट जोगाउँछ,

– तुरुन्तै शक्ति दिन्छ,

– रोग प्रतिरोधात्मक शक्ति बढाउँछ,

– स्मरणशक्ति बढाउँछ,

– रक्तसञ्चार तथा स्नायु प्रणालीलाई फाइदा गर्छ,

– पाचनशक्तिमा सुधार ल्याउँछ,

– सौन्दर्यमा निखार ल्याउँछ।

Must View