नागरिक पोष्ट News


चलचित्र निर्देशनमा राम्रो छवी बनाउँदै प्रकाश राज कार्की

3.1K

अहिलेको नयाँ नयाँ प्रविधी को विकास सँगै नयाँ जोस , जाँगर , विचार र सोच हुनु पनि नयाँ युवा पीढीँमा उतीकै महत्वपुर्ण रहेको छ  । त्यस्तै आजको यस्ता युवा निर्देशनहरुमा पर्दछन् प्रकाश राज कार्की । उनी तारकेश्वर नगरपालीका बसोबास गर्दै आएका छन् ।

निर्देशन पेशामा रमाई रहेका कार्की सानै बेला देखि अभिनय तथा कलाकारिता मा साह्रैनै रुची रहेको बताउछन् ।सधै हसिलो र उज्यालो देखिने कार्की को रुची कमेडीमापनी उत्तीकै रहेको छ ।  उनले आफ्नै निर्देशनमा दर्जन भन्दा  बढी म्युजिक भिडियो ,लघु कीसिमका जनचेतनामुलक फिल्म बनाईसकेका छन् । कार्की अन्य निर्देशनको तुलामा एक पृथक छन् उनी आफै कथा बस्तु तयार पार्दछन् र त्यसको निर्देशन पनी आफै गर्दछन् । आगामी दिनमा कम लगानीमा उत्कृट किसिमको फिल्म दर्शलाई कसरी दिन सकीन्छ भन्ने विषयमा आफु दिन रात लागी रहेको र छिट्टै त्यस्ता खालको फिल्म ल्याउने उनको सोच रहेको बताउछन् । आफुलाई त्यस्तो खालको फिल्म बनाउनको लागी काम आएम शतप्रतिशत गरेर देखाउने उनको लक्ष्य छ । आफ्नो कामलाईनै पुजा ठान्ने कार्की सामाजिक सेवाको कृयाकलापमा पनी उत्तीकै लागी परेका छन् ।

Must View