नागरिक पोष्ट News


वीरगञ्ज शहर कारोना संक्रमणको हट स्पट : १० दिनभित्र ११ जनाको मृत्यु , चिकित्सक पनि आइसीयू कक्षमा

2K

आइतबारसम्म कोरोनाका कारण वीरगञ्जमा मात्र ११ जनाको मृत्यु भैसकेको छ । ४०५ जना कोरोना संक्रमति उपचारको क्रममा छन् भने १७६ संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ ।

पछिल्लो हप्ता वीरगञ्ज शहर कारोना संक्रमणको हट स्पटकै रुपमा देखा परेको छ । महानगरपालिका मेयरसमेत संक्रमणबाट अछुतो रहेनन् । अहिलेसम्म आइपुग्दा पीपीईसहित उपचारमा खटिने स्वाथ्यकर्मीसम्मलाई कोरोनाको संक्रमणले छोइसकेको छ । वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगी पनि अहिले आइसियुमै छन् ।

नारायणी अस्पतालका एकजना चिकित्सक आइसीयू कक्षमा उपचाररत छन् । उनको अवस्थामा गम्भीर रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय बताउँछन् ।

वीरगञ्ज महानगरपालिकामा ३२ वडा छन् । र, कुनै पनि वडा बाँकी छैन, जहाँ संक्रमित नभएको होस् । पछिल्लो हप्ता स्वाब परीक्षणका क्रममा औसत दैनिक ५० जनामा कोरोना पोजेटिभ देखिएको छ ।

Must View