नागरिक पोष्ट News


कोरोनाबाट थप एक जनाको मृत्यु, २४६ जनामा कोरोना सङ्क्रमणको पुष्टि

2.1K

१८ साउन, काठमाडौं 

कोरोनाभाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको र देशभरि २४६ जनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जानकारी दिएको छ।

यससँगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ५७ पुगेको सरकारी तथ्याङ्कले देखाएको छ।

विभिन्न जिल्लामा २४६ सङ्क्रमित थपिँदा अहिलेसम्म देशभरि सङ्क्रमितको कुल सङ्ख्या २०,३३२ पुगेको  छ।

काठमाण्डू उपत्यकाका ३१ जना छन्। मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये पर्साका ८१ र धनुषाका ३५ जना छन्।

पर्सामा सङ्क्रमण देखिनेमा मास ट्रेसिङअन्तर्गत तथा स्वेच्छाले आफैँ शुल्क तिरेर पीसीआर परीक्षण गराएकाहरू भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

काठमाण्डू जिल्लामा थप २२, ललितपुरमा आठ र भक्तपुरमा एक जनामा कोरोनाभाइरस देखिएको हो।

मन्त्रालयका अनुसार काठमाण्डू उपत्यकाका मुख्य प्रवेशद्वार नागढुङ्गा, साँगा र फर्पिङमा साउन १० गतेदेखि १६ गतेसम्म १०,८२७ जनाबाट नमुना सङ्कलन गरिएको र परीक्षण भइरहेको छ।

 

Must View