नागरिक पोष्ट News


लकडाउन खुकुलो भएपछि बढ्दैछ सङ्क्रमण ? लकडाउन गर्ने सरकारको यस्तो तयारी

1.8K

काठमाडौं, १८ साउन

स्वास्थ्य मन्त्रालयले लकडाउन खुकुलो पारिएको ११ दिन अघि र ११ दिन पछिको तुलना गरेर आँकडा प्रस्तुत गर्दा यो अवधिमा सङ्क्रमण पाइने दर ०.८ प्रतिशतले बढेको देखिएको जनाएको छ। “साउन ७ देखि १७ गतेको अवधिमा ५८,१७४ पीसीआर परीक्षण गरिएको र त्यसमा २,०९२ जना सङ्क्रमित पाइएको छ। त्यो भनेको ३.८% सङ्क्रमण दर हो,” मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

साउन ७ भन्दा ११ दिन अगाडिको अवधिमा भने ४७,८७७ पीसीआर परीक्षण गरिएको र त्यसमा १,३४५ जना सङ्क्रमित पाइएको बताइएको छ, जुन २.८% हुन आउँछ। डा गौतमले सीमानाकामा स्थलमार्गबाट नेपाल आउनेहरूको स्वाब परीक्षणको नतिजा नआउन्जेल क्वारन्टीनमै राख्न स्थानीय निकायहरूलाई अनुरोध गरेका छन्।

साथै, उनले सरकारी कर्मचारीहरूलाई पनि उचित किसिमले मास्क लगाउन र दूरी कायम गर्न अनुरोध गरेका छन्। पच्चीसजनाभन्दा धेरै सहभागी भएका गोष्ठी, बैठक वा अन्य कार्यक्रम नगर्न भन्दै अन्यथा गरिए घातक अवस्था आउने उनले चेतावनी दिएका छन्।

पुन: देशभर लकडाउन गर्ने तयारी गर्दै सरकार

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि देश फेरि लकडाउनतर्फ उन्मुख भएको छ । स्वास्थ्य क्षेत्रका विज्ञ र जानकारहरुले पछिल्लो समय कोरोना भाइरस झन् खतरनाक बनेको र समुदायमा फैलन थालेको भन्दै केही समय लकडाउनको सुझाव दिएपछि सरकार गम्भीर भएको छ । स्वास्थ्य मन्त्रालयमा समेत लकडाउनबारे छलफल भएको छ । ७ साउनबाट लकडाउन अन्त गरिएपनि फेरि कडाई गर्नुपर्ने सुझावहरु दिइएको बुझिएको छ । त्यसबारे थप छलफलका लागि मन्त्रिपरिषद्सम्म प्रस्ताव लाने तयारी बढेको स्रोतले जानकारी दिएको छ ।

विराटनगर महानगरपालिकामा दुई हप्ता लकडाउन घोषणा भइसकेको छ । वीरगञ्ज महानगरपालिकामा पनि कडाई गरिएको छ । काठमाडौं उपत्यकामा राति प्रवेशमा कडाई गरिएको छ । अब उपत्यकामा कोरोना संक्रमण फैलिन थालेपछि लकडाउनको तयारी भएको बुझिएको छ । उपत्यकामा दिनहुँजसो संक्रमितको संख्या बढेको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमण खतरनाक देखिएको छ । बितेको २४ घन्टामा चार जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या बढ्दै गएपछि जोखिम बढेको छ । यसलाई दृष्टिगत गरी सरकारमाथि रोकथामको उपाय अबलम्बन गरी लकडाउन फेरि गर्न दबाब बढेको हो ।

यसअघि आपूर्तिमन्त्री लेखराज भट्टले रिपोर्टर्स क्लब नेपालमा बोल्दै जोखिम हेरेर कोरोना रोकथामका लागि निश्चित स्थानमा निश्चित समय निर्धारण गरी लकडाउन आवश्यकता अनुसार लगाइने खुलाएका थिए । उनले भनेजस्तै सकरारले देशैभर लकडाउन नगरेपनि निश्चित स्थानमा जोखिमलाई दृष्टिगत गरी लकडाउन गर्ने नीति बनाइसकेको छ ।

लकडाउन खुलेसँगै मानिसको चहलपहल बढेपछि ह्वात्तै कोरोना संक्रमण बढेको छ । यसलाई मध्येनजर गर्दै आवश्यकता अनुसार लकडाउनको तयारी समेत गरिएको स्रोतले जनाएको छ । संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) यस अघि नै काठमाडोँ भित्रिने सवारी साधनमा कडाइ गर्न निर्देशन दिइसकेको छ। परिस्थिति अझेँ खराब हुँदै गएमा पुन लकडाउन गरिने जनाइएको छ ।

देशका विरगन्ज, पर्सा लगाएत उपत्यकामै संक्रमणको खतरा बढेको छ । कोरोना विशेष अस्पतालहरुमा बिरामीका लागि थप ठाउँ समेत उलब्ध छैन । कतिपय संक्रमित घरमै बसेर उपतार गर्न बाध्य छन् । यसले उनीहरुका परिवार सदस्यलगाएत अन्य मानिसमा जोखि पैदा गराएको छ । वीरगैजको कोरोना विषेश अस्पतालमा बिरामी नअटाउदा थप स्थानको खोजी समेत भइरहेको छ । चिकित्सकको एक टोली गएर त्यहाँको परिस्थितिबारे छलफल गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Must View