मदन भण्डारी फाउन्डेसन तारकेश्वर नगर कमिटीद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ४९ जनाले रक्तदान गरे
1.9K
Cover Photo : फरकपत्र
नेककाका सस्थापक नेता पुष्पलाल श्रेष्ठको ४२ औ स्मृति दिवसको अवसरमा तारकेश्वर १० लोकतान्त्रिक चोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। मदन भण्डारी फाउन्डेसन तारकेश्वर नगर कमिटीले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा ४९ जनाले रक्तदान गरेका थिए । रक्तदान गरेर जीवनदान हुने भएकोले कोभिड १९ को कारणले रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरेको मदन भण्डारी फाउन्डेसन तारकेश्वर नगर कमिटीका अध्यक्ष अमृत थापाले बताउनु भयो । थापाका अनुसार रक्तदान कार्यक्रममा ४९ जनाले रक्तदान गरेको समेत जानकारी दिनुभयो ।